+
+

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते ११:५५

१५ पुस, काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार भन्दा सुनको मूल्य तोलामा २ सय रुपैयाँले  घटेको छ ।

आइतबार छापावाल सुनकाे प्रतितोला मूल्य १ लाख २० हजार ५०० र तेजावी सुनको मूल्य १ लाख १९ हजार ९०० रूपैयाँ रहेकाे छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख २० हजार ७०० र तेजावी सुन १ लाख २० हजार १०० रुपैयाँ थियो ।

बजारमा आइतबार चाँदीको मूल्य भने यथावत नै रहेको छ । प्रतितोला १ हजार ४५५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?