+
+

सुन र चाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १३:२९

१० पुस, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढ्दा चाँदीको मूल्य १० रूपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख २० हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १९ हजार ९०० र चाँदीको मूल्य १ हजार ४८५ रूपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ९ सय, तेजावी सुनको मूल्य १ लाख १९ हजार ३५० र चाँदीको मूल्य १ हजार ४७५ रूपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?