
२४ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि बढ्न थालेको छ । सोमबार तोलामा ५ सय, मंगलबार ५ हजार ३ सय बढेको सुन आज बुधबार थप १ हजार ७ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १ हजार ७ सयले बढेर तोलाको १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मंगलबार तोलाको १ लाख ८९ हजार ९ सय रुपैयाँ थियो भने सोमबार १ लाख ८४ हजार ६ सय रुपैयाँ थियो । आइतबार १ लाख ८४ हजार १ सय रुपैयाँ थियो ।
चाँदीको भाउ भने बुधबार स्थिर छ । हिजो र आज चाँदी तोलाको १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4