 
																			२० फागुन, काठमाडौं। २० किलो चाँदीसहित पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
काठमाडौंको नरेफाट उनीहरुलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।
पक्राउ पर्नेहरुमा चार पुरुष र एक महिला छन् । पक्राउ परेकाहरु सबै नेपाली नागरिक हुन् ।
उनीहरुले भारतबाट भन्सार छलेर चाँदी ल्याउने गरेको प्रहरीको भनाइ छ ।
मोटरसाइकलमा फल्स बटम बनाएर उनीहरु चाँदी तस्करी गर्ने गरेको प्रहरीको भनाइ छ ।
यसबारे विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । थप अनुसन्धानको काम बाँकी नै रहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4