+
+

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १३:१२

२७ पुस, काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । १८ पुसयता घट्न थालेको सुनको मूल्य शुक्रबार तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ३ सय र तेजावी सुनको मूल्य १ लाख १७ हजार ७५० तोकिएको थियो ।

चाँदीको मूल्य भने घटेको छ । बिहीबार तोलामा १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?