+
+

एमाले सांसद राजेन्द्र राईले मागे गृहमन्त्रीको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १०:१४

१६ पुस, काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

सोमबारको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै राईले बालकुमारी घटनामा गृहमन्त्रीको कमजोरी देखिएकाले राजीनामा दिनुपर्ने बताए ।

‘तपाईंले यो मुलुक चलाउन सक्नु भएन गृहमन्त्री ज्यू । यसरी मान्छे मार्न पाइँदैन, तपाईंले तत्काल राजीनामा दिनुस्,’ सांसद राईले भने ।

राजीनामा नदिए सरकारले अहिले बनाएको जाँचबुझ आयोग पनि काम गर्न नसक्ने उनको भनाइ छ । ‘राजीनामा आयो भने आयोगले ठीक ठङ्गले काम गर्न सक्छ,’ उनले भने ।

पीएसओ, डीएसपी लगायत तल्लो तहकालाई कारबाही गर्ने तर उच्च ओहोदाकाले छुट पाउने गलत भएको सांसद राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?