+
+

‘हात्तीछाप’ प्रचारका लागि देश दौडाहामा निस्किए सौगात र उपासना

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १२:३१

काठमाडौं । यतिबेला देशभर मेला, महोत्सवको माहोल छ । यस्तोमा, कलाकार र फिल्मलाई पनि प्रवर्द्धनको चटारो छ । प्रदर्शन मिति नजिकिंदै गर्दा फिल्म ‘हात्तीछाप’ पनि जिल्लाका महोत्सव पुगेर फिल्मको प्रचार गर्दैछ ।

अभिनेता सौगात मल्लसहितको फिल्म टोली यतिबेला पश्चिम नेपालमा व्यस्त छ । प्रस्तुतकर्ता किरण नेपाली, अभिनेता कमलमणि नेपाल लगायतको फिल्म टोली महोत्सव पुगेर दर्शकलाई फिल्म हेर्न अपील गरिरहेका छन् ।

सौगात नेपालगञ्ज, कैलालीको लम्की र बर्दियाको गुलरियामा आयोजित महोत्सवमा सहभागी रहे । उनले त्यहाँ दर्शकलाई आफू अभिनित फिल्मका चर्चित संवाद सुनाएका थिए ।

अभिनेता नेपालले पनि दर्शकलाई पेट मिचिमिची हँसाए । दर्शकले आफूसँग माघ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हेर्न उत्साहित रहेको बताएको सौगातले जनाए ।

प्रस्तुतकर्ता नेपालीले पश्चिमबाट पूर्वतर्फ फिल्म प्रचारमा आफूहरु निस्कने बताए । उनी भन्छन्, ‘दर्शकमा फिल्मप्रतिको उत्साह राम्रो पायौं । हामी यसबाट खुसी छौं । फिल्मबारे जानकार दिन पश्चिमदेखि पूर्वसम्म पुग्नेछौं ।’

अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता बुद्धि तामाङ पनि फिल्म प्रवर्द्धनका लागि दाङमा पुगेका छन् । उनीहरुले दाङका मिडिया र दर्शकसँग साक्षात्कार गर्नेछन् ।

फिल्मको टोली पश्चिम नेपालको प्रचार सकेर काठमाडौं फर्किनेछ । केही दिनमा पूर्वी नेपालमा जाने बताइएको छ । फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । यसमा दयाहाङ राई, बेनिशा हमाल, विल्सनविक्रम राईको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?