+
+

जनवरीमा ओटीटीमा रिलिज हुँदैछन् यी ८ प्रतीक्षित फिल्म र सिरिज

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १२:५३

काठमाडौं । सोमबार विश्वभर इस्वी संवतको नयाँ वर्ष २०२४ मनाइँदैछ । यो अवसरमा मानिसले रुचिअनुसार काम गरिरहेका छन् । उत्सवको माहोललाई दोब्बर बनाउन केही ओटीटी प्लाटफर्मले जनवरी महिनामा चलेका फिल्म र सिरिज स्ट्रिमिङ गर्दैछन् ।

हलमा हिट भएकादेखि राम्रो समीक्षा प्राप्त गरेका भारतीय फिल्म र सिरिज जनवरीमा स्ट्रिमिङ हुँदैछन् । यो सूचीमा ‘इण्डियन पुलिस फोर्स’देखि ‘रोल प्ले’सम्म छन् ।

‘इण्डियन पुलिस फोर्स’ अमेजन प्राइम भिडियोमा १९ जनवरीमा रिलिज हुँदैछ । रोहित शेट्टी निर्देशित यो श्रृंखला विश्वभरका दर्शकलाई रोमाञ्चक अनुभव प्रदान गर्न तयार छ । एक्सनप्रधान यो श्रृंखला भारतीय प्रहरी अधिकारीको योगदानको चर्चा गरिएको छ । यसमा शिल्पा शेट्टी कुन्द्रा, विवेक ओबराय, श्वेता तिवारी, निकितिन धीर, ऋतुराज सिंह, मुकेश ऋषि र ललित परिमुजस्ता कलाकारको अभिनय छ ।

शशांक चतुर्वेदीको निर्देशनमा बनेको ‘दो पट्टी’ले दर्शकलाई उत्तर भारतको पहाडमा लैजान्छ । कृति सेनन र काजोल अभिनित यो फिल्म रहस्य र चासोले भरिपूर्ण छ । रिलिज मिति अझै तय गरिएको छैन, तथापि यो नेटफ्लिक्समा स्ट्रिमिङ हुनसक्छ ।

अभिषेक चौबेले निर्देशन गरेको क्राइम थ्रिलर ‘किलर सूप’ सिरिजमा मनोज बाजपेयी र कोंकणा सेन शर्माको अभिनय छ । दक्षिण भारतीय कथा समेटिएको सिरिजमा एक घरेलु शेफले आफ्नो पतिको ठाउँमा प्रेमीलाई बदल्न खोजेको षड्यन्त्रको पृष्ठभूमिको वरिपरि घुम्छ । यो क्राइम थ्रिलर सिरिज जनवरी ११ मा ओटीटीमा रिलिज हुनेछ ।

‘कर्मा कलिङ’ अमेरिकी नाटक श्रृंखला ‘रिभेन्ज’को हिन्दी संस्करण हो । यो श्रृंखला धनी कोठारी परिवार र उनीहरुको रोचक कथामा आधारित छ । यसमा रविना टण्डन मुख्य भूमिकामा छिन् । यो नयाँ रिभेन्ज ड्रामा डिज्नी प्लस हटस्टारमा २६ जनवरीमा रिलिज हुनेछ ।

सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’मा बाबु र छोराको सम्बन्ध देखाइएको छ, जसमा रणवीर कपुरले आक्रामक भूमिका निर्वाह गरेका छन् । यसको कथा बदला, परिवारप्रतिको बफादारी र जिद्दी छोराको बारेमा हो । यो फिल्म नेटफ्लिक्समा १४ वा १५ जनवरीमा रिलिज हुने अपेक्षा गरिएको छ ।

मेघना गुल्जार निर्देशित फिल्ड मार्शल साम मानेकशाको बायोपिक फिल्म ‘सामबहादुर’मा विक्की कौशल मुख्य भूमिकामा छन् । भारतीय गणतन्त्र दिवसमा यो फिल्म जी फाइभमा रिलिज हुनेछ ।

निकोल किडम्यान दर्शकमाझ नयाँ सिरिज ‘एक्सपाट्स’ लिएर आउँदैछिन् । ये लीको सन् २०१६ को उपन्यास ‘द एक्सपाट्रिएट्स’ मा यसको कथावस्तु आधारित छ । कथा हङकङमा घटित हुन्छ र ती महिलाको समूहको वरिपरि घुम्छ, जसको जीवन एकदमै परिवर्तन भएको छ । कथामा धेरै कुरा लुकेका छन् । यो सिरिज २६ जनवरीमा प्रिमियर हुँदैछ ।

यदि तपाईं नाटकको प्रशंसक हुनुहुन्छ भने तपाईंले केली कुको ‘रोल प्ले’ हेर्नुपर्छ । यो शृंखलामा कुओकोले पत्नी र जासूस दुवैको भूमिका खेल्छिन् । गहिरो कथामा जब पतिले आफ्नी पत्नीले पहिचान लुकाएको थाहा पाउँछन्, त्यसपछि उनले पत्नीबारे थप जान्ने प्रयास गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?