+
+

आमा बन्दै दीपिका प्रसाईं, गराइन् ‘प्रेगनेन्सी’ फोटोसुट

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १३:२५
तस्वीर : पिक्चर प्वाइन्ट

काठमाडौं । अभिनेत्री दीपिका प्रसाईं आमा बन्न लागेको हल्ला ‘मायावी’ छायांकन बेला चलेको थियो । त्यतिबेला निर्देशक तथा दीपिकाका श्रीमान दिवाकर भट्टराईले यो हल्लालाई खण्डन गरिरहेका थिए । दीपिका गर्भवती भएकैले सुटिङ सक्न हतार भएको गसिप पनि चलेको थियो ।

यतिबेला भने निर्देशक भट्टराई स्वयंले आफू बुबा बन्न लागेको खबर बाहिर ल्याएका छन् । अंग्रेजी नयाँ वर्षको शुभकामना दिंदै दिवाकरले सन्तान प्राप्त गर्न लागेको उल्लेख गरेका छन् । साथै, दीपिकाले पनि आफूहरु अभिभावक बन्न लागेको र सन्तान आउँदै गरेको उल्लेख गरेकी छन् ।

दीपिकाको प्रेगनेन्सी फोटो पनि सार्वजनिक गरिएको छ ।

दिवाकर लेख्छन्, ‘तिम्रो अनि मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अनि सुन्दर परिचय थपिएको छ माया ! तिमी आमा बन्दै छौं अनि म बाबा । अनि म कति खुसी छु तिमीलाई कति धेरै माया गर्छु यो अनुभूति भन्नलाई यो शब्द अरु अपुरो छ मलाई थाहा छ तिमीले बुझेको छौ यो हाम्रो जीवनको अनि प्रेमको सुन्दर यात्रा हो माया । जीवनभर तिमीसँगै यसैगरी हिंड्न पाइराखौं यही एउटा चाहना छ । ह्याप्पी न्यु इयर ।’

दिवाकर र दीपिकाले चार वर्षअघि विवाह गरेका थिए । केही वर्षको प्रेम सम्बन्धपछि विवाह गरेका यी दुईका लागि अब एकसाथ दुई खुसी आउने भएको छ । एकातिर, यी दुईले उनीहरुको ड्रिम प्रोजेक्ट ‘मायावी’ दर्शकमाझ ल्याउने तयारी गरिरहेका छन् भने अर्कोतिर सन्तान प्राप्तिको विशेष खुसी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?