+
+

कास्कीमा एक वर्षमा १३ गर्भवतीको मृत्यु, पोखराका मात्रै ७ जना

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते २१:०७

१७ पुस, पोखरा । खोलामा माछा मार्ने क्रममा मंसिर ५ गते पोखरा महानगरपालिका–२९ का भीमलाल सुनार र उनकी ४६ वर्षीय श्रीमती सावित्री सुनारको करेन्ट लागेर मृत्यु भयो । माछा मार्ने क्रममा करेन्ट लागेर मृत्युवरण गर्न पुगेकी सावित्री त्यतिबेला गर्भवती थिइन् ।

भदौ पहिलो हप्ता पोखरामा एक महिलाले आफैंलाई पेट्रोल छर्किएर आगो लगाइन् । उनको मृत्युपछि पोस्टमार्टमका बेला उनी गर्भवती रहेको खुलेको थियो ।

पोखरा महानगर स्वास्थ्य महाशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९/८० मा १३ जना गर्भवतीले ज्यान गुमाए त्यसमध्ये सबैभन्दा धेरै अर्थात् ७ जना महानगरभित्रै बसोबास गर्ने महिला छन् ।

पोखरा महानरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरीक्षक सविना श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा पनि साउनयता २ जना गर्भवतीको मृत्यु भइसकेको छ । ‘गर्भवतीको मृत्यु हुने एउटै कारण छैन, प्रत्येकको फरक फरक कारण देखिन्छ’, उनले भनिन् ।

पोखरा महानगरमा यस वर्ष ६ हजार महिला सुुत्केरी हुने अनुमान गरिएको स्वास्थ्य महाशाखाले अनुमान गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा पोखरामा महानगर क्षेत्रभित्रका कास्की जिल्ला र अन्य जिल्लाका गरी १३ हजार महिला सुुत्केरी भएको तथ्यांक रहेको महानगर नर्सिङ निरीक्षक श्रेष्ठले बताइन् ।

महानगरमा बढिरहेको मातृ मृत्युदरबारे मंगलबार पोखरा महानगरमा मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य समितिको बैठक बसेको थियो । मातृ मृत्युदर न्युनीकरण गर्ने उद्देश्यले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा गठित उक्त समितिले मातृ मृत्यु कारणबारे छलफल गर्दै समुुदायमा कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।

समितिको बैठकले मातृ मृत्युदर न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको बताइन् । ‘आमा र शिशुको मृत्यु हुन नदिनेबारे जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि बैठकले कार्ययोजना बनाउने निर्णय गर्‍यो’, महानगर नर्सिङ निरीक्षक श्रेष्ठले भनिन् ।

उनका अनुसार पहिलो प्राथमिकता गर्भवती आमाको सुरक्षामा ध्यान दिने गरी कार्यक्रम तय गरिएको छ । महानगरले तयार पारेका कार्यक्रमलाई जनसमुदायमा पुर्‍याउने गरी योजना बनाउने र त्यसको कार्यान्वयन स्वास्थ्य संस्थाहरुले गर्ने बताइ्न । उनले भनिन्, ‘मातृ मृत्युुलाई कम गराउन स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्वि गर्ने र पूूर्वाधार युक्त बनाउने कार्यमा समितिले पहल गर्छ ।’

गभर्वतीको मृत्यु हुनेबित्तिकै त्यसबारे अध्ययन गर्ने चिकित्सकले मृत्युको कारण पत्ता लगाएर समितिलाई प्रतिवेदन बुझाउने र त्यसपछिमात्रै बैठकले आगामी कार्ययोजना तयार गर्ने नर्सिङ निरीक्षक श्रेष्ठले बताइन् ।

बैठकमा गर्भवतीलाई जाँच गर्दा फरकफरक कार्ड दिने गरिएको भन्दै त्यसलाई एउटै बनाउन पनि सुझाव दिइएको थियो । बैठकमा सहभागी भएकी डा. जुुनु श्रेष्ठले महिला गर्भवती हुन मानसिक र शारीरिक रुपमा तयार हुनुपर्ने बताइन् ।

श्रेष्ठले महिलाको अवस्थाबारे नबुुझी गर्भधारण गर्दा आमाको मृत्यु हुने गरेको बताइन् । ‘मृत्युदर मानसिक स्वास्थ्य र विभिन्न रोगका कारण बढेको छ’, उनले भनिन्, ‘उनले अझै पनि जनचेतनामूलक कार्यक्रमको खाँचो देखिन्छ ।’

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले मातृ मृत्युको कारण पत्ता लगाएर त्यसको न्यूूनीकरणमा लाग्नुपर्ने बताइन् । पछिल्लो समय शिक्षित भनिएका गर्भवतीको पनि मृत्युदर बढेकाले सचेतना सबै वर्गमा पुर्‍याउन जरुरी रहेको सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?