+
+

महिला भलिबलमा एपीएफ च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते ९:५२

१७ पुस, काठमाडौं । विभागीय टोली एपीएफले केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

सोमबार भएको फाइनलमा एपीएफले चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड युथ स्पोर्टस् क्लबलाई ३–१ सेटले पराजित गरेको हो ।

एपिएफले न्यु डायमण्डलाई १९–२५, २५–२०, २५–१७, २५–२३ को सेटमा हरायो ।

मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा भएको प्रतियोगिताको विजेता एपीएफले २ लाख र उपविजेता न्यू डनयमण्डले १ लाख प्राप्त गर्‍यो ।

च्याम्पियन एपीएफकी निरुता ठगुन्ना उत्कृष्ट खेलाडी घोषित भइन् । उनले १५ हजार प्राप्त गरिन् ।

व्यक्तिगत उत्कृष्टमा न्यू डनायमण्डक र एपीएफमै वर्चस्व रह्यो ।

प्रतियोगिताको उत्कृष्टहरु

उत्कृष्ट : निरुता ठगुन्ना (एपीएफ)

सर्भर : सरस्वती चौधरी (एपीएफ)

प्रशिक्षक : विजय केसी (एपीएफ)

स्पाइकर : जेनिशा विश्वकर्मा (न्यू डायमण्ड)

सेटर : प्रगति नाथ (न्यू डायमण्ड)

ब्लकर : सुमित्रा रेग्मी (न्यू डायमण्ड)

लिवेरो : सलिना श्रेष्ठ (न्यू डायमण्ड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?