+

महिला फुटबल टिमले साउदीमा हुने वेष्ट एसियन वुमन्स च्याम्पियनसिप खेल्ने

२०८० माघ  ३ गते ६:१९ २०८० माघ ३ गते ६:१९

३ माघ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले साउदी अरेबियामा हुने प्रतियोगिता खेल्ने भएको छ ।

नेपालले वेष्ट एसियन फुटबल फेडेरेसन (वाफ)ले आयोजना गर्ने वाफ वुमन्स च्याम्पियनसिप खेल्ने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को मंगलबार एन्फा कम्प्लेक्समा बसेको आपतकालीन समितिको बैठकले फेब्रुअरी १९ देखि २८ सम्म साउदी अरेबियामा हुने उक्त च्याम्पियनसिपमा सहभागिता जनाउने निर्णय गरेको प्रवक्ता सरेश शाहले जानकारी दिए ।

बैठकले यही माघ २७ गते नेपालको राष्ट्रिय युथ टिम र चीनको किङ्घाई प्राप्तको युथ टिमबीच मैत्रीपूर्ण फुटबल खेलाउने निर्णय पनि गरेको छ ।

चिनियाँ नया वर्षको उपलक्षमा चिनको एम्बेसी र राष्ट्रिय खेलकुद परिषद्को संयुक्त आयोजनामा हुने उक्त खेल दशरथ रंगशालामा हुनेछ ।

एन्फाले मैत्रीपूर्ण खेलका लागि भिआईपीतर्फ ५ सय र साधारणतर्फ ३ सय रुपैयाँ टिकट दर तोक्ने निर्णय समेत गरेको छ ।

नेपाली भलिबल महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय