+
+
आरबीबी एनभिए भलिबल च्याम्पियनसिप :

एपीएफलाई हराउँदै पुलिस फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १२:०७

८ चैत,काठमाडौं । आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिप महिलातर्फको पहिलो सेमिफाइनलमा एपीएफलाई हराउँदै साविक विजेता पुलिस फाइनल प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा एपीएफलाई ३-१ ले पराजित गर्दै पुलिस उपाधिका लागि भिड्ने भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कर्भड हलमा पुलिसले एपिएफलाई २७-२५, २५-२२, २८-३० र २५-१७ ले हराएको हो ।

आज महिलातर्फको दोस्रो सेमिफाइनलमा एभ्रेष्ट क्लब र चन्द्रागिरि न्युडाइमण्ड क्लबबीच हुनेछ । त्यस्तै पुरुषतर्फ आज दुई क्वाटरफाइनलका खेलहरु हुनेछन् । जसमा तेस्रो क्वाटरफाइनलमा पुलिस र कोशी प्रदेश भिड्नेछन् भने चौथो क्वाटरफाइनलमा त्रिभुवन आर्मी र सुदुरपश्चिम क्लब भिड्नेछन् ।

पुरुषतर्फ गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल बुधबार भएको पहिलो र दोस्रो क्वाटरफाइनल जित्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् । दुवैतर्फका विजेता टोलीले ५ लाख, उपविजेताले २ र तेस्रो हुने टिमले १ लाख २५ हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?