+
+

टेलर स्वीफ्टले तोडिन् एल्भिस प्रेस्लीको बिलबोर्ड कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १३:१४

काठमाडौं । सन् २०२३ को ब्लकबस्टर प्रदर्शनपछि अब अमेरिकी गायिका टेलर स्वीफ्टले विश्व संगीतका लिजेन्ड एल्भिस प्रेस्लीको कीर्तिमान तोडेकी छन् । स्वीफ्टले बिलबोर्डको २०० स्थानको सूचीमा लामो समय रहने एकल कलाकारको रुपमा नयाँ कीर्तिमान रचेकी हुन् ।

बिलबोर्डअनुसार टेलरले प्रेस्लीको अघिल्लो रेकर्ड तोडेकी छन् । टेलरको नयाँ एल्बम ‘१९८९’ (टेलरको संस्करण) हालै रिलिज भएको थियो ।

स्वीफ्टले बिलबोर्डको २०० को शीर्षस्थानमा ६८ साता बिताएकी छन् । रक एण्ड रोल गायक प्रेस्लीले चाहिं ६७ दिन बिताएको रेकर्ड कायम थियो । यसअघि सन् २००८ मा रिलिज भएको स्वीफ्टको एल्बम ‘फियरलेस’ले बिलबोर्डको उक्त सूचीमा ११ साता बिताएको थियो ।

सन् २००८ र २००९ को बीचमा स्वीफ्टका केही एल्बम स्पिक नाउ, रेड, १९८९, रिप्युटेसन, लभर, फोकलोर, एभरमोर र मिडनाइट्सको साथमा केही उपलब्धि हासिल गरिन् । यी एल्बम बिलबोर्ड सूचीमा ४७ सातासम्म रहे ।

उनका पुनः स्वरांकन गरिएका एल्बमले उनको स्टारको छविलाई अझै बलियो तुल्याएका छन् । फियरलेस, रेड, स्पिक नाउ, १९८९ (टेलर भर्सन)ले शीर्षस्थानका थप दश उपलब्धि दिलाएका छन् ।

एकल कलाकारको रूपमा उनले प्रेस्लीको रेकर्डलाई पार गरिसकेकी हुन सक्छिन्, तर उनले ‘द बीटल्स’को रेकर्ड पार गर्न लामो बाटो तय गर्नुपर्नेछ । द बिटल्सले सूचीमा १३२ साता बिताएको थियो ।

सन् २०२३ टेलर स्वीफ्टको लागि एक अविश्वसनीय वर्ष भयो जसले आफ्नो इरास टुरबाट सफलताको स्वाद चाखिन् । यो टुर गत मार्चमा अमेरिकाको एरिजोनाबाट सुरु भएको थियो । त्यसयता उनले ३५ औं शोको रुपमा लस एन्जलसमा कन्सर्ट गरिन् । अक्टोबरमा ‘टेलर स्वीफ्ट : द इरास टुर’ फिल्मले भव्य ओपनिङ गर्‍यो, जसले अमेरिकाका मात्रै ९२.८ मिलियन डलर कमायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?