+
+

बालकुमारी घटनामा मारिएका दुई युवकको शव गाउँमै लगियो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १३:३०

१७ पुस, काठमाडौं । बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवककाे शव परिवारको जिम्मा लगाइएको छ ।

मंगलबार दिउँसो दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टर मार्फत उनको घर पुर्‍याइएको छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले रावतको शव परिवारलाई जिम्मा लगाइएको र अन्त्येष्टिको तयारी भइरहेको बताए ।

बालकुमारी घटनामा नै प्रहरीको गोली लागेर मृत्यु भएका अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार नै परिवारलाई जिम्मा लगाउने तयारी छ ।

अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार वीरेन्द्रको शव सुर्खेतसम्म ल्याइएको छ र केहीबेरमा अछाम ल्याउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?