+
+

१८ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १२:२६
विवादित मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै संसदमा नाराबाजी गरिरहेका एमाले सांसदहरू ।

१४ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैककमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

आइतबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक (१८ फागुन) मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । यससँगै संसदको अवरोध हटेको छ ।

यसअघि पहिलो बैठकमा प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजी गरेका थिए ।

सभामुखले पटकपटक रुलिङ गर्दा पनि सरकारले जवाफ नदिएको भन्दै एमाले सांसदहरुले आआफ्नो स्थानमा उभिएर नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको थियो ।

विपक्षी दलहरुले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको माग गरेका छन् ।

एमालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री सुदन किरातीका साथै त टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका स्वास्थ्यमन्त्री मोहन बस्नेतमाथि समेत प्रश्न उठाएको छ ।

संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोलेका एमाले सांसद गोकुल बास्कोटाले विवादित मन्त्रीहरुले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?