+
+

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १४:०६

७ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथ गराएका हुन् ।

सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । शर्माको चैत ४ गते निधन भएको थियो ।

जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?