+
+
Shares

सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको बताएका थिए । यस्तो अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३ गते ११:३६

३ असार, काठमाडौं । सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठाउने क्रम जारी राखेका छन् ।

सभामुख अर्यालले रुलिङ गर्नुपर्नेमा नगरेको भनेर विपक्षी दलका सांसदहरुले सभामुखलाई आज पनि  दबाब दिएका हुन् ।

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको बताएका थिए । यस्तो अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरु आ–आफ्नो आसनबाट उठे । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई बोल्ने समय दिए ।

साम्पाङले सीमा विवादबारे प्रधानमन्त्रीले आफ्नो बोली सच्याउनुपर्ने दोहोर्‍याए । यो विषयमा सभामुख अर्यालले रुलिङ गर्नुपर्ने उनको माग छ ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले पनि रुलिङको माग गरे ।

नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले सभामुखले रास्वपासँगको सम्बन्ध त्याग्न नसकेको बताए । उनले भनेका छन्, ‘स्वयं सभामुख महोदयसँग एउटा प्रश्न छ । सभामुख महोदय, हाम्रो गरिमामय जो सामुन्ने कुर्सीमा बस्नु भन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो । के सभामुख महोदय अहिलेसम्म त्यो पहिलेको रास्वपा पार्टी थियो यहाँको त्योसँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?’

सभामुखले सदनको गरिमा बढाउन पनि प्रधानमन्त्रीको विवादित अभिव्यक्ति उपर रुलिङ गर्नुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?