१८ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि आजबाट छलफल सुरु हुँदै छ ।
यही जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा मन्त्री वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसपछि सांसदहरुले छलफलमा भाग लिने कार्यसूची रहेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4