३ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको मधेश अधिवेशनबारे मधेश प्रदेशका सांसदहरूसँग छलफलमा जुटेका छन् ।
सिंहदरवारस्थित रास्वपा संसदीय दलको कार्यालयमा मधेश प्रदेशका सांसदहरूसँग छलफल जारी छ ।
मधेशमा रास्वपाको पर्सा जिल्ला बाहेक अन्य जिल्लामा अधिवेशन हुन सकेको छैन । अधिवेशन नभएका पालिका र वडा तह पनि मधेशमै धेरै छन् ।
अन्य ६ प्रदेशमा अधिवेशन गरेर नयाँ नेतृत्व आइसक्दा आन्तरिक विवादका कारण मधेश समितिको अन्योलता कायमै छ ।
यही सन्दर्भमा लामिछानेले मधेशका सांसदहरूसँग छलफल गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4