+
+

संसदमा एमालेको नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते ११:३६
नारा लगाउँदै एमाले सांसदहरु । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

१४ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ । प्रतिनिधिसभा (संसद) को सोमबार बसेको बैठकमा एमाले सांसदहरुले आ–अफ्नो स्थानमा उभिएर नाराबाजी गरेका हुन् । उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाएका थिए ।

एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

विपक्षी दलहरुले ६ फागुनयताका हरेक बैठकमा विवादमा मुछिएका मन्त्रीहरुको राजीनामा माग गर्दै आएका छन् । १३ पुसमा भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला पनि दोषी रहेको प्रतिवेदन जाँचबुझ समितिले बुझाएपछि विपक्षीहरुले उनको राजीनामा मागेका हु्न् । त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रभण्डले प्रतिवेदन बुझेपछि अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका थिए ।

तर अहिलेसम्म कुनै निर्णय भएको छैन । विपक्षी दलहरुले भने मन्त्री ज्वालाले राजीनामा दिनुपर्ने, नभए बर्खास्त गर्नुपर्ने माग गरेका छन् । एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री सुदन किरातीका साथै त टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका स्वास्थ्यमन्त्री मोहन बस्नेतमाथि समेत प्रश्न उठाएको छ । संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोलेका एमाले सांसद गोकुल बास्कोटाले विवादित मन्त्रीहरुले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज पीडित, लघुवित्त पीडितको समस्या सम्बोधन गर्न र दुग्ध किसानको भुक्तानी दिन माग गरेका छन् । नभए संसदको अर्कोदेखि राप्रपाले संसद अवरुद्ध गर्ने उनको चेतावनी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा आएर जवाफ दिन मन्त्रीहरुलाई केले रोकेको छ भनेर प्रश्न गरे । ‘यदि जवाफ दिन सक्ने आधार छन्, आरोप निराधार हुन् भने सार्वभौम संसदमा उभिएर भन्न केले रोक्यो ?’ उनले भने, ‘सभामुखले सरकारले बुझ्ने र सुन्ने गरी रुलिङ गर्नुप¥यो ।’

लगतै सभामुख देवराज घिमिरेले बैठकलाई नियमित कार्यसूचीमा लैजान खोजेका थिए ।

तर एमाले सांसदहरु आआफनो स्थानमा उभिएर विरोध गरे । सभामुखले रुलिङ नगरेपछि एमाले सांसदहरुले आ आफ्नो स्थानमै उभिएर ‘विवादिन मन्त्रीहरुले राजीनामा दे’, मिटरब्याज पीडितलाई न्याय दे, सभामुखको रुलिङ कार्यान्वयन गर जस्ता नारा लगाएर नाराबाजी गरेका छन् ।

प्रमुख विपक्षी सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?