+
+

‘फाइटर’ सन् २०२४ मा बलिउडको सबैभन्दा प्रतीक्षित फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १४:३९

काठमाडौं । सन् २०२४ मा बलिउडको लाइनअप रोचक छ । आगामी फिल्मलाई लिएर फ्यान उत्साहित छन् । एक सातादेखि भारतीय सञ्चारमाध्यमले नयाँ वर्षका प्रतीक्षित फिल्मको सूची ल्याइरहेका छन् ।

यस्तोमा बलिउड वेब पोर्टल पिंकभिल्लाको एक फ्यान सर्वेक्षणमा ऋतिक रोशन र दीपिका पादुकोण स्टारर ‘फाइटर’ वर्ष २०२४ कै सबैभन्दा प्रतीक्षित फिल्म बनेको छ । सर्वेक्षणमा सहभागी फ्यानले भारतको पहिलो एरियल–एक्सन भनिएको यो फिल्मप्रति रुचि दर्शाएका छन् ।

फ्यान पोलिङमा पिंकभिल्लाले नयाँ वर्षमा रिलिज हुन लागेका ११ फिल्मबीच सर्वेक्षण चलाएको थियो । सर्वेक्षणमा ‘फाइटर’ले सबैभन्दा धेरै ४७ प्रतिशत मत प्राप्त गरेको छ । दोस्रो स्थानमा अलि अब्बास जफर निर्देशित अक्षय कुमार र टाइगर श्राफ स्टारर ‘बडे मिया छोटे मिया’ छ । सर्वेक्षणमा यो फिल्मलाई ३८ प्रतिशत मत छ ।

सर्वेक्षणमा प्रत्येक फिल्मलाई निकै प्रतिस्पर्धात्मक मत प्राप्त छ । तेस्रो स्थानमा सिद्धार्थ मल्होत्राको एक्सन इन्टरटेनर ‘योद्धा’ छ । त्यसपछि आलिया भट्टको ‘जिग्रा’ले मत पाएको छ । त्यसपछि कट्रिना क्याफ र विजय सेतुपातीको ‘मेरी क्रिसमस’ पाँचौं स्थानसहित सूचीमा छ ।

सर्वेक्षणको पुछारमा दीपिका पादुकोण, अमिताभ बच्चन, प्रभास स्टारर ‘कल्की : २९९८ एडी’ छ । फाइटरको कुरा गर्दा यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । यो फिल्म माघ ११ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?