+
+

ऋतिक-दीपिकाको चुम्बनलाई लिएर भारतीय वायुसेनाले पठायो ‘फाइटर’लाई लिगल नोटिस

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १२:०३

काठमाडौं । बलिउड फिल्म ‘फाइटर’ यसमा समावेश चुम्बनको एक दृश्यलाई लिएर विवादमा फसेको छ । ऋतिक रोशन र दीपिका पादुकोण स्टारर यो फिल्ममा भारतीय वायुसेनाका लडाकु पाइलटको कथा समेटिएको छ ।

फिल्मको एक दृश्यमा दीपिका र ऋतिकले वायुसेनाको पोशाकमै चुम्बन गरेको देख्न सकिन्छ । आसाममा तैनाथ भारतीय वायुसेनाका विंग कमाण्डर सौम्यदीप दासले यस दृश्यमा आपत्ति जनाउँदै स्टार कास्ट र निर्देशकलाई नोटिस पठाएका छन् ।

विङ कमाण्डर सौम्यदीपले ऋतिक र दीपिकाको चुम्बन दृश्य वायु सेनाको बर्दीको अपमान भएको बताएका छन् । वायुसेनाको बर्दी कपडाको टुक्रा मात्र नभई यो देशको रक्षाका लागि बलिदान, अनुशासन र अटल समर्पणको प्रतीक भएको उनको भनाइ छ । दृश्यमा कलाकारलाई भारतीय वायुसेनाको सदस्यको रूपमा देख्न सकिन्छ । बर्दीमा यस्तो हर्कत गर्नु गलत भएको उनको दाबी छ ।

लिगल नोटिसमा भनिएको छ, ‘फिल्ममा रोमान्टिक पाटो देखाउन यो पवित्र प्रतीक प्रयोग गर्नु गलत हो । यसले हाम्रो देशको सेवामा अनगिन्ती सिपाहीले गरेको बलिदानको गरिमालाई अवमूल्यन गर्छ, जसले हाम्रो सिमानाको रक्षा गर्नेहरूलाई सुम्पिएको जिम्मेवारीविरुद्ध खतरनाक उदाहरण स्थापित गर्छ ।’

नोटिसमा थप भनिएको छ कि वायुसेनाको पोसाक लगाएका अधिकारी सार्वजनिक रुपमा रोमान्टिक हुनु नियमको उल्लंघन मात्र नभएर उनीहरुको चरित्रको हनन पनि हो । यसले उनीहरूको चरित्र र व्यावसायिक व्यवहारलाई पनि गलत तरिकाले देखाउँछ । वायुसेनाका कर्मचारीहरूबाट अनुशासन र मर्यादाको अपेक्षा गरिन्छ ।

विङ कमाण्डर सौम्यदीप दासले ‘फाइटर’का निर्मातासँग यो दृश्य हटाउन माग गरेका छन् । उनले यो पनि भनेका छन् कि निर्माताले वायुसेना र यसका सैनिकबाट संसारको रक्षा गर्नुपर्छ । ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’लाई निर्देशक सिद्धार्थ आनन्दले बनाएका हुन् । यो फिल्मले विश्वभर ३५० करोड भारु कमाएको छ ।

भारतीय बक्स अफिसमा यसको कमाइ करिब १७८ करोड भारु छ । फिल्ममा करण सिंह ग्रोवर, अक्षय ओबरोय, अनिल कपुर लगायतका कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?