+
+

आज रिलिज भएको ‘फाइटर’को समीक्षा कस्तो छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १२:११

काठमाडौं । बलिउडको पहिलो एरियल–एक्सन फिल्म भनिएको ऋतिक रोशन र दीपिका पादुकोण स्टारर ‘फाइटर’ विश्वभर प्रदर्शनमा आएको छ । बिहीबार गणतन्त्र दिवस मनाइरहेको भारतमा यसले २५ करोड भारुको ओपनिङ गर्ने प्रक्षेपण छ ।

रिलिज भएसँगै यसको समीक्षा पनि आउन थालेको छ । प्राप्त समीक्षामध्ये धेरैजसो सकारात्मक देखिन्छ । सिद्धार्थ आनन्द निर्देशित यो फिल्म भारतीय राष्ट्रवादकै वरपर घुमेको देखिन्छ ।

बलिउड व्यापार विश्लेषक तथा समीक्षक तरण आदर्शले फिल्मलाई ‘शानदार’ लेख्दै साढे चार स्टारको रेटिङ दिएका छन् । उनले फिल्मको हवाइ स्टन्ट दृश्य, ड्रामा, संवेदना र देशभक्तिको पक्षको प्रशंसा गर्दै कलाकारको अभिनयको चर्चा गरेका छन् । फिल्म बृहतरुपमा मनोरञ्जनको प्याकेज रहेको उनको धारणा छ ।

फस्टपोस्टले आफ्नो रिभ्युमा ‘फाइटर’लाई ठूलो पर्दामा सिनेम्याटिक अनुभव लिन सकिने फिल्मको रुपमा चर्चा गरेको छ । फिल्ममा चित्रण गरिएको भव्य एरियल एक्सनको दृश्य, छायांकन र सम्पादनको पक्षको प्रशंसा यो पोर्टलले गर्दै पाँचमध्ये चार रेटिङ दिएको छ ।

हिन्दुस्तान टाइम्सले टम क्रुज स्टारर हलिउड फिल्म ‘टपगन’लाई सम्झाउने गरी ‘फाइटर’ निकै आकर्षक बनेको उल्लेख गरेको छ । मिन्टले फिल्मको प्रशंसा गर्दै यसले दर्शकमा भावनात्मकरुपमा हृदयलाई उद्देलित गराउने बताएको छ ।

सिद्धार्थ आनन्द निर्देशित अघिल्लो फिल्म ‘पठान’भन्दा ‘फाइटर’ धेरै कोणबाट उत्कृष्ट रहेको मिन्टले उल्लेख गरेको छ । टाइम्स अफ इण्डियाले एक्सन दृश्य, अभिनय र भावनात्मकरुपमा फिल्म बलियो भएको समीक्षा लेखेको छ । कोइमोइले फिल्मलाई मिश्रित समीक्षा दिंदै अभिनयको प्रशंसा गरेको छ ।

टाइम्सनाउले यो फिल्मलाई ‘सिनेम्याटिक मास्टरपिस’ भनेको छ । इण्डिया टुडेले ‘पैसा असुल’ फिल्म बताएको छ । यो फिल्म बिहीबारदेखि नेपालमा समेत रिलिज भएको छ । तर नेपालमा बिहीबार बिदा नभएको र फिल्मको रिलिज डेटबारे धेरैलाई अन्योल हुँदा ओपनिङ प्रभावित हुने देखिन्छ ।

नेपालमा बिहीबार मध्यान्हसम्मको ओपनिङ अकुपेन्सी २० प्रतिशत हाराहारीमा छ । शुक्रबार र शनिबार फिल्मको ओपनिङ स्वभाविकरुपले वृद्धि हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?