+
+

कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न हर्क साम्पाङले राखे शर्त

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १४:५१

१७ पुस, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयमा उत्पन्न तनाव अझ साम्य भएको छैन ।

राजनीतिक दलका स्थानीय नेता, कार्यकर्ताले धरान उपमहानगरमा प्रधानमन्त्री र राष्ट्रपतिको फोटो राख्न माग गर्दै उपमहानगरको कार्यालय घेराउ गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन समेत गरिएको थियो ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपासहित दलका युवा, विद्यार्थी तथा महिला संगठनका कार्यकर्ता राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बोकेर उपमहानगरपालिकाको कार्यालय मूलगेटमा ताला लगाइएको थियो ।

मंगलबार भने मेयर साम्पाङ र दलका स्थानीय नेता–कार्यकर्ताबीच छलफल भइरहेको छ । उपमहानगरका एक कर्मचारीका अनुसार केहीबेरमा धरानका मेयर हर्क साम्पाङ राई र दलका भातृ संगठनबीच सहमति हुने सम्भावना छ ।

‘मेयरले २० पुसमा मनाउने धरान डे मा प्रधानमन्त्री आउनुपर्ने शर्त राखेका छन्, त्यसको लागि राजनीतिक दलका भ्रातृ संगठनले पहल लिने सहमति हुन लागेको छ’, ती कर्मचारीले भने ।

मेयर साम्पाङले १२ पुसमा प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?