+
+

धनगढीमा मदिरा र सुर्तीजन्य पदार्थ बिक्रीका लागि उपमहानगरसँग अनुमति लिनुपर्ने 

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १८:०२

१७ पुस, काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले मदिरा लगायतका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्ने भएको छ ।

१ माघदेखि सुर्ती तथा मदिराजन्य पदार्थ बिकी वितरणका लागि उपमहानगरबाट छुट्टै अनुमति लिनुपर्ने उपमहानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

खाद्य पदार्थ बिक्री गर्ने पसलले सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने सूचनामा उल्लेख छ ।

‘नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नरहेको सबै पसलहरुमा हामी यो चुरोट, सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउँछौं, अहिले खाद्य पसलसहित अन्य पसलहरुले पनि बिक्री वितरण गरिरहेका छन् । यसलाई नियमन गर्न यो सूचना जारी गरेका हौं,’ अनलाइनखबरसँग धनगढीका मेयर गोपाल हमालले भने ।

सुर्तीजन्य पदार्थले स्वास्थ्यमा हानि पु¥याउने र शहरलाई फोहोर बनाउने भन्दै मापदण्ड अनुसार कडाइ गर्दा पनि धेरै नियन्त्रण हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?