+
+

मेयरले उजुरी दिएका युवक विष सेवन गरेको अवस्थामा भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १४:०२

६ चैत, धनगढी । छलफलका लागि भन्दै धनगढी उपमहानगरपालिका कार्यालय ल्याइएका एक युवक मंगलबार बिहान गम्भीर अवस्थामा भेटिएका छन् ।

मंगलबार बिहान करीब साढे १० बजे धनगढी उपमहानगरपालिका–६ मट्यारीका गणेश रानालाई उपमहानगरपालिका कार्यालय परिसरमा विष सेवन गरेको अवस्थामा उद्धार गरेको सूचना अधिकारी सुरेन्द्र कार्कीले जानकारी दिए ।

उनको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । सोमबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले रानाले आफूलाई वाट्सअप मार्फत धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए ।

प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारवाहीका लागि निर्देशन दिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दका रानाले आफू छलफलका लागि आउन तयार रहेको बताएका थिए ।

रानाका बुवा रामदयाल रानाले छोरालाई मंगलबार बिहान आफूलाई नगर प्रहरी बताउने सादा पोशाकका केही युवाले मेयरसँग छलफल गर्न भन्दै लिएर गएका थिए । ‘बिहान ८ बजे उनीहरुले तपाईको छोरालाई हामी लग्दैछौँ भनेका थिए । घरबाट राम्रै पठाएको थिएँ’, उनले भने, ‘अहिले विषादी सेवन गरेर अस्पतालमा पुर्‍याइएको छ ।’

तर नगर प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक भूपेन्द्र खड्काले भने रानालाई नियन्त्रयणमा नलिएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?