+
+

सुनसरीमा स्रोत नखुलेको २१ लाख ५७ हजारसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते ११:२९

१९ पुस, विराटनगर । स्रोत नखुलेको २१ लाख ५७ हजार नगदसहित सुनसरीबाट एक जना पक्राउ परेका छन् ।  सशस्त्र प्रहरीले नगदसहित भोक्राहानरसिंह गाउँपालिका ६ बाट एक जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले कोशी गाउँपलिका–३ का २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो । राउतको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्ग हुँदै प्रदेश १–०२–०५३ प १९५६ नम्बरको मोटरमाइकलमा इनरुवातर्फ गइरहेका बेला राउतलाई खानतलासी गर्दा अवैध रकम बरामद भएको प्रहरीले बताएको छ । साथबाट बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ कर्णजीतले जानकारी दिए ।

सशस्त्रले बरामद भएको रकम र मोटरसाइकलसहित राउतलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।

राउतको साथबाट एक हजार दरका नौ सय चार, पाँच सय दरका दुई हजार पाँच सय चार, एक सय दरका १९, पाँच, २० र १० दरका एक/एक थान नेपाली नोट बरामद भएको प्रहरीले बताएको छ ।

प्रकाउ परेका राउत  हुण्डी काराेबारी हुन कि भरिया मात्रै हुन भन्ने नखुलेकाे प्रहरीले बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?