+
+

त्रिभुवन विमानस्थलमा ‘ड्युटी फ्री सप’ सञ्चालनका लागि दरखास्त दिने समय थपियो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १४:४०
फाइल तस्वीर

२० पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र करमुक्त पसल (ड्युटी फ्री सप) सञ्चालनका लागि आह्वान गरिएको खुला दरखास्त आह्वानको अवधि ३० दिन थपिएको छ ।

विमानस्थल कार्यालयले खुला प्रतिस्पर्धाका आधारमा ड्युटी फ्री सप चलाउने प्रयोजनका लागि ४ मंसिर २०८० मा सूचना प्रकाशन गरेको थियो । सो बेला ३० दिनको समय दिएर सूचना निकालिएको थियो ।

यो अवधिमा पर्याप्त आवेदन नपरेपछि कार्यालयले १५ दिन थप गरी १९ पुससम्म पुर्‍याएको थियो । यसै अवधि (१९ पुस)देखि अब ३० दिन थप गरी सूचना प्रकाशन गरिएको छ ।

विमानस्थलभित्र प्रस्थानतर्फ पहिलो तलामा २६.११ वर्गमिटर र आगमनतर्फ अध्यागमन नजिकै ७८.८ वर्गमिटर गरी कुल १०९.९१ वर्गमिटर क्षेत्रफलमा करमुक्त पसल सञ्चालन गर्न बोलपत्र आह्वान गरिएको हो ।

५ वर्षलाई ठेक्का, न्यूनतम भाडा १५ करोड १५ लाख

करमुक्त पसल सञ्चालनको जिम्मा ५ वर्षका लागि दिन थालिएको छ । जसको न्यूनतम भाडा १५ करोड १५ लाख २१ हजार २५७ रुपैयाँ तोकिएको छ ।

दोस्रो वर्षबाट कुल ठेक अंकमा कार्य सम्पन्न भएको वर्षको रकम घटाइ बाँकी हुन आउने बहाल रकममा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मूल्यवृद्धि सूचकांकको अनुपातमा स्वतः वृद्धि हुने शर्त समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?