+
+

प्रधानमन्त्री कप पुरुष क्रिकेट पुस २८ गतेदेखि, तीन मैदानमा खेलाइने, ४६ खेल हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते २०:३९

२० पुस, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ ।

क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता पुस २८ देखि माघ २० गतेसम्म हुनेछ ।

प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानका साथै सिद्धार्थ रंगशाला भैरहवामा हुनेछन् ।

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा त्रिवि मैदानमा फाइनलसहित सर्वाधिक १८ खेल हुनेछ ।  मुलपानी मैदानमा १७ खेल हुनेछ भने भैरहवा मैदानमा ११ खेल हुनेछ ।

सात प्रदेश र ३ विभागीय टिमहरु सहभागी हुने प्रतियोगिताका खेल राउण्ड रोबिन लिगका आधारमा हुनेछन् ।

क्यानले यसअघि सेमिफाइनल दुईदिवसीय र फाइनल तीनदिवसीय गर्ने भनेको थियो ।

तर राष्ट्रिय टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त रहने भएकाले प्रधानमन्त्री कपका सबै खेल एकदिवसीय हुनेछ । शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

प्रधानमन्त्री कपको शीर्ष चार टिमले आगामी चैत–वैशाखमा एलिट ट्रफी खेल्ने क्यानको वार्षिक क्यालेण्डरमा नै उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?