+
+

नेपाल बार एसोसिएसनले भन्यो :  न्यायपरिषद् सदस्य श्रेष्ठप्रति हाम्रो विश्वास रहेन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २१ गते १९:४१

२१ पुस, काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठप्रति ‘विश्वास नभएको’ निष्कर्ष निकालेको छ । छलफलका लागि डाकेको बैठकमा नआएपछि यस्तो निष्कर्ष निकालेको बारले जनाएको छ ।

‘नेपाल बार एसोसिएसनले सिफारिस गरेर पठाएको सदस्यप्रति विश्वास रहेन भन्ने हामीले निष्कर्ष निकालियो र त्यो निर्णय माइन्यूटमा लेखियो,’ नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अनलाइनखबरसँग भने, ‘आफूलाई सिफारिस गरेको संस्थाले नै विश्वास छैन भनेपछि पदमा बसिरहने कि पदत्याग गर्ने ? त्यो उहाँको नैतिकताको विषय हो । हामीले जान्ने कुरा भएन ।’

न्यायपरिषद्का सदस्य श्रेष्ठको तीनवटा रवैयामाथि प्रश्न गरेर यो निष्कर्ष निकालिएको वरिष्ठ अधिवक्ता समेत रहेका बार अध्यक्ष घिमिरेले बताए ।

बारको दाबीमा, न्यायपरिषद् नियमावली संशोधनबाट उच्च अदालतका न्यायाधीशहरुको जेष्ठताक्रम तलमाथि गर्ने काम गैरसंवैधानिक थियो । त्यो काममा श्रेष्ठ साक्षी मात्रै नबसेर निर्णय प्रक्रियामा नै संलग्न भएकाले गम्भीर प्रश्न उठेको घिमिरेले बताए ।

अर्कोतर्फ पछिल्लोपटक भएको न्यायाधीश नियुक्तिमा मनोमानी निर्णय भएको र त्यसको आधार र कारण समेत दिन नसक्ने अवस्था भएकाले पनि बारले आफ्नो प्रतिनिधिमाथि प्रश्न उठाएको उनले बताए ।

बार अध्यक्ष घिमिरेले भने, ‘यही विषयमा छलफल गरौं भनेर बोलाउँदासमेत नआएपछि उहाँप्रति हाम्रो विश्वास रहेन भन्ने निष्कर्षका साथ निर्णय लेखेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?