+
+

गोठ संस्कृतिलाई पर्यटनसँग जोड्छौं : मन्त्री किराती

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २१ गते १३:४५

२१ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा गोठ संस्कृतिलाई पर्यटनसँग जोडेर विकास गर्ने बताएका छन् ।

याक चौंरी कृषक महासंघ नेपालको शनिबार केन्द्रीय कार्यालय उद्घाटन गर्दै उनले हिमाली र उच्च पहाडमा रहेका गोठ संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने बताएका हुन् ।

‘नेपालमा पर्यटन भन्नेवित्तिकै सगरमाथा, चितवन, लुम्बिनी बुझ्छन् । गोठ र गोठ सँस्कृतिलाई बुझ्दैनन् । त्यसैले गोठ र गोठ सँस्कृतिलाई पनि पर्यटनसँग जोड्नुपर्छ’, उनले भने । मन्त्री किरातीले लोपन्मुख याकचौरी पालन, उत्थान र प्रवर्द्धनको काम सुरु गरेकामा महासंघलाई धन्यवाद पनि दिए ।

याक, नाक तथा चौंरी पालन संस्कृतिलाई संरक्षण, पुस्तान्तरण तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले महासंघको स्थापना गरिएको महासचिव पाविहाङ राईले बताए । देशैभरिका कृषकहरुलाई संगठित गरेर लोपोन्मुख याक, चौरीको संख्या वृद्धि गर्ने, हिमाली तथा लेकाली क्षेत्रमा चरन क्षेत्र जोगाउने, पशुपालन, गोठ, खर्कहरुको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने पनि बताएको छ ।

पशुपालन मुख्य पेशा रहेको हिमाली क्षेत्रमा याक, नाक र चौरीबाट उत्पादन हुने दूधबाट नौनी, घीउ, चिज र छुर्पी बनाइन्छ भने रौं, छाला र रगत पनि उपयोगमा ल्याइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?