+
+

फिल्म ‘गाउँ नै रमाइलो’को लिड-लेडीमा मिरुना मगर अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २१ गते २०:३३

काठमाडौं । दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘गाउँ नै रमाइलो’को लिड-लेडीमा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन् । फिल्मसँग बुद्धि तामाङ पनि जोडिएका छन् ।

निर्देशक राउतले यी दुबै कलाकारसँग लिखित सहमति भएको जानकारी दिए । यो फिल्मलाई ‘नांगो गाउँ’ फेम्ड हिमाल कडरियाले बनाउँदैछन् ।

यसअघि यो फिल्ममा दयाहाङ राई र आर्यन सिग्देल अनुबन्धित भैसकेका छन् । फिल्ममा मिरुनाले यी दुईमध्ये अभिनेतामध्ये कोसँग अनस्क्रिन रोमान्स गर्नेछिन् भन्नेबारे निर्माताले केही बताएका छैनन् ।

सोसल-ड्रामा ‘पूजार सार्की’पछि निर्देशक राउतले यो फिल्म निर्देशन गर्ने जानकारी दिए । फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने घोषणा निर्माण कम्पनी क्लक वर्क क्रिएसनले गरिसकेको छ ।

कडरियाले बनाएको फिल्म ‘नाङ्गो गाउँ’ यो बर्षको हिट फिल्म हो । उनले फिल्म ‘नाङ्गो गाउँ २ र दुःखी आत्मा’ निर्माणको पनि घोषणा गरिसकेका छन् । फिल्म ‘गाउँ नै रमाइलो’लाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ । ओभरसिजमा भने यो फिल्मलाई एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?