+
+

सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिको निर्वाचन २५ पुसमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते २०:२६

२२ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशभाका विषयगत समितिका सभापतिको निर्वाचन अगामी २५ पुसमा हुने भएको छ । प्रदेशसभा सचिवालयले आइतबार विषयगत समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले एक सूचना जारी गरी २५ गते दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर निर्वाचन परिणाम घोषणा गर्ने कार्यसूची रहेको जानकारी दिएका छन् ।

२४ गते प्रदेशसभा सदस्यहरुको नामावली प्रकाशन, मतदाता नामावली उपर दाबी विरोध, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता लगायतको काम हुनेछ भने २५ गते उम्मेदवारी उपर दाबी विरोध, अन्तिम नामावली प्रकाशन र निर्वाचन हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशसभाको गठन भएको एक वर्ष बित्दा समेत प्रदेशसभाका विषयगत समितिको सभापति चयन हुन नसकेका बेला प्रदेशसभाले निर्वाचन प्रक्रिया अघि बढाउने भएको छ ।

प्रदेशसभा सचिवालयले यसअघि असोज १२ गते सभापतिको निर्वाचन गर्नेगरि तालिका सार्वजनिक गरेको थियो तर सत्तारुढ गठबन्धनमा भागबण्डा नटुंगिएको भन्दै स्थगित गरिएको थियो । सुदूरपश्चिम प्रदेशसभामा चार वटा विषयगत समिति रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?