+
+

सुदूरपश्चिम प्रदेशसभाका विषयगत समिति सभापतिले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १६:३४

२५ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशसभाका चार वटै विषयगत समितिका सभापति सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा कांग्रेसका दिवानसिंह विष्ट, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्तिका घनश्याम चौधरी, सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका वीरबहादुर थापा र सामाजिक विकास समितिमा नेकपा(एकीकृत समाजवादी) की माया पन्त सर्वसम्मत चयन भएका हुन् ।

उनीहरुले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?