+
+

गण्डकीमा गठबन्धनका उम्मेदवारले गराए मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १५:१३

२३ पुस, पोखरा । राष्ट्रिय सभाका लागि गण्डकीमा हुने ३ सिटमा गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । गण्डकीमा माओवादीले १ र कांग्रेसले २ सिट पाएको छ ।

नेकपा माओवादीबाट महिलातर्फ पर्वतकी मनरूपा शर्मा सुवेदी, कांग्रेसबाट अपांगताबाट तनहुँका पदम परियार र अन्यबाट गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा बढी मतभार हुँदा जितनजिक छन् ।

सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गण्डकीमा उपस्थिति छ ।

यसरी मिलेर राष्ट्रिय सभाको चुनावमा मतदान हुँदा नेपाली कांग्रेसको २ हजार ७०४, नेकपा माओवादीको ९९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ गरी ३ हजार ८२७ मतभार गठबन्धनको पक्षमा देखिन्छ ।

एमालेको २ हजार ४३९ मतभार छ भने राप्रपाको १०६ जोड्दा उनीहरुको पक्षमा २ हजार ५४५ मतभार छ । तर राप्रपाले दुई सिटमा आफ्नै उम्मेदवार उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?