+
+

कर्णालीमा सत्ता गठबन्धनका उम्मेदवारले गरे मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १५:२५

२३ पुस, सुर्खेत। राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले एकसाथ उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार प्रदेश निर्वाचनको कार्यालयमा पुगेर अन्यतर्फ कांग्रेसका कृष्ण रोकाया (रुकुम पश्चिम), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएकी हुन् ।

राष्ट्रिय सभाका लागि कर्णालीमा हुने ३ सिटमा गठबन्धनका तर्फबाट नेपाली कंग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक/एक सिट पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?