+
+

विद्युत् प्राधिकरणले काट्यो हुलास स्टीलको बिजुली

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १६:५१

२३ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा थप एक उद्योगको बिजुली काटेको छ ।

प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टीलको विद्युत् लाइन सोमबार बिहान काटेको हो ।

उद्योगको नाममा मंसिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको छ ।

प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटिसकेको छ ।

यसमध्ये हिमाल स्टीलले बक्यौता रकम किस्ताबन्दीमा तिर्ने र त्यस बापतको पहिलो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको छ ।

प्राधिकरणले ७ पुसदेखि बक्यौता नतिर्ने उद्योगको लाइन काट्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?