+
+

टिमो वेर्नर टोटनहममा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते ८:४१

२५ पुस, काठमाडौं । प्रिमियर लिग क्लब टोटनहमले जर्मन क्लब आरबी लाइपिजका फरवार्ड टिमो वेर्नरलाई लोनमा अनुबन्ध गरेको छ ।

लण्डन क्लब टोटनहमले २७ वर्षीय वेर्नरलाई मंगलबार लोनमा अनुबन्ध गरेको जनाएको छ । टोटनहमले आगामी समरमा वेर्नरलाई स्थायी रुपमा क्लबमा अनुबन्ध गर्ने विकल्प समेत छ ।

अर्को प्रिमियर लिग क्लब चेल्सीका पूर्व खेलाडी समेत रहेका वेर्नरको आगमनले टोटनहमको फरवार्ड लाइनमा सहयोग पुग्ने विश्वास छ ।

टोटनहमका कप्तान हेउन मिन सन दक्षिण कोरियाबाट एसियन कप खेल्न गएका छन् भने जेम्स म्याडिसन चोटका कारण मैदान बाहिर छन् ।

वेर्नरले टोटनहम पुगेपछि खुशी व्यक्त गर्दै आफू खेल्नका लागि उत्साहित रहेको बताएका छन् । उनले टोटनहाका प्रशिक्षक अन्गे पोस्टेकोग्लुसँग आफ्नो कुरा भएको र त्यो राम्रो रहेको बताए ।

वेर्नरसँग यसअघि चेल्सीबाट प्रिमियर लिग खेलेको अनुभव छ ।

उनी सन् २०२० मा पनि आरबी लाइपजिगबाटै चेल्सी पुगेका थिए । फेरि लाइपजिग फर्कनुअघि उनले चेल्सीका लागि ८९ खेलमा २३ गोल गरेका थिए ।

उनले यस सिजन बुण्डेसलिगामा वेर्नर १४ खेल खेल्दै दुई गोल गरेका छन् । वेर्नरले जर्मनीका लागि ५७ खेल खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?