+
+

एनसेलले अब हावाहुरी र पहिरोको पनि पूर्वसूचना दिने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १३:११

२६ पुस, काठमाडौं । दूरसञ्चार प्रदायक एनसेलले प्रयोगकर्ताहरुलाई बाढी, पहिरो, हावाहुरी जस्ता प्राकृतिक प्रकोपको पूर्व सूचना दिने भएको छ ।

जल तथा मौसम विज्ञान विभागसँग मिलेर एनसेलले बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदूषणसहित १३ वटा प्रकोपबारे पूर्व सूचना दिन भएको हो ।

जल तथा मौसम विज्ञान विभागसँग मिलेर एनसेलले सन् २०१६ देखि बाढीको पूर्व सूचना दिने गरेको छ । २०२३ मा मात्र एनसेलले ९० लाखभन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो ।

त्यसलाई थप विस्तार गर्ने समझदारी पत्रमा बुधबार एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले हस्ताक्षर गरेका छन् ।

प्राकृतिक विपदबारे अगावै प्राप्त हुने पूर्व सूचना जीवनदान हुने भन्दै विभागका महानिर्देशक डा. कर्माचार्य बताउँछन् ।

एनसेल र अन्य साझेदारसँग गरेको सहकार्यबाट जोखियुक्त क्षेत्रमा बसोबास गर्ने मानिस समक्ष सम्पर्क गर्न सहज भएको र हजारौं मानिसको जीवन रक्षा गर्न सफल भएका उनले सुनाए । उनले अघि भने, ‘मौसममा आधारित जोखिमहरुलाई समेट्दै पूर्व सूचना प्रणाली तथा प्रवाहका लागि गरिएको योे सहकार्य एक अर्को कोशेढुंगा हो ।’

एनसेलका प्रमुख कार्यकारी अधिकृत कायुमोभले पनि प्राकृतिक विपदबारे पूर्व सूचना दिन जल तथा मौसम विज्ञान विभाग गरिएको सहकायृ नेपाली जनमानसलाई सम्भावित विपद्‍बाट जोगाउने प्रयास भएको बताए ।

नेपाल र नेपालीको हितमा काम गर्न एनसेल सदैव तत्पर रहेको भन्दै उनले अघि भनेका छन्, ‘यसै अनुरुप आगामी दिनमा पनि प्रभावकारी कार्यहरुमा सहकार्य गर्न हामी तत्पर छौं ।’

एनसेल र जल तथा मौसम विज्ञान विभागबीच भएको समझदारीअनुसार पूर्व सूचना प्रणालीमार्फत जोखिम क्षेत्रमा रहेका मानिसलाई सम्भावित जोखिमबारे सूचना दिइनेछ । यसले आ–आफ्ना सामान लिएर सुरक्षित स्थानमा जानलाई मदत गर्नेछ । साथै विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थालाई समयमा आवश्यक कार्य गर्न सहयोग समेत पुग्ने दुवै पक्षकफ विश्वास छ ।

साथै पूर्वसूचना प्रणालीमार्फत जनधनको क्षति न्यूनीकरणमा थप योगदान गर्न

जल तथा मौसम विज्ञा विभागले नयाँ टेलिमेन्ट्री उपकरणहरु जडान तथा हाइड्रो मेटेरोलोजिकल स्टेसनहरु विस्तार गरेसँगै एनसेलले आवश्यक कनेक्टिभिटी सुविधा प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?