+
+

राष्ट्रिय वादोरियो करातेमा वरदान र विविकालाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १९:३२

२७ पुस, काठमाडौं । बागमती प्रदेशका वरदान मोक्तान र मधेश प्रदेशकी विविका श्रेष्ठले चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४५ केजी फाइनलमा वरदानले लुम्बिनी प्रदेशका विशन थापालाई पराजित गरे ।

सोही तौलसमूहको महिला फाइनलमा विविकाले बागमतीकी नेत्रकुमारी लामिछानेलाई हराइन् ।

महिला ४० केजीमा बागमतीकी सुस्मिता वाइबाले लुम्बिनीकी निमा लामा तथा ५० केजीमा बागमतीकी प्रास्ना केसीले कर्णाली प्रदेशकी सुस्मिता मगरलाई पाखा लगाउदै स्वर्ण जिते ।

एकल काताको पुरुषमा कोशी प्रदेशका इन्द्र राजवंशी र महिलामा बागमतीकी अप्सना मगर पहिलो भए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने– ‘नेपाल अपार सम्भावना भएको देश हो । देशको विकास र प्रगतिका निम्ति हामीसंग प्रशस्त सम्भावनाहरु छन् । ति मध्ये पनि राम्रो सम्भावना बोकेको क्षेत्र भनेको खेलकुद क्षेत्र नै हो । खेल आजको दुनियामा बहुआयामिक सम्भावना भएको क्षेत्र हो ।’

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले मुलपानी क्रिकेट रंगशाला, भरतपुरको गौतम बुद्ध क्रिकेट रंगशाला र मोरङको वैजनाथपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी खेलकुदलाई पहिलो पटक राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेकोमा नेपाल सरकार र सम्माननीय प्रधानमन्त्रीज्यू प्रति सिंगो खेल क्षेत्रको तर्फबाट हार्दिक आभार प्रकट गरे ।

आयोजक संघका अध्यक्ष हरिशरण केसीले वादोरियो कराते संघको गरेको गतिविधि बारे प्रकाश पारेका थिए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?