+
+

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि सुरु, तीन खेल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २८ गते ९:०७

२८ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने यस प्रतियोगिता घरेलु क्रिकेटकै ठूलो प्रतियोगिता हो ।

एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक राउण्ड रोविन लिगमा यस प्रतियोगिता हुनेछ । जसले गर्दा हरेक टोलीले कम्तीमा ९ खेल खेल्न पाउनेछन् ।

लिग चरणमा कुल ४५ खेल हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले सीधै फाइनल खेल्नेछ ।

अर्को यसपटक प्रतियोगिता उपत्यका बाहिरसमेत हुनेछ र कुल ३ मैदानमा खेलाइनेछ ।

जसमा काठमाडौंको टीयू मैदान र मुलपानी मैदान तथा भैरहवाको सिद्धार्थ क्रिकेट मैदान छन् ।

पहिलो दिन तीन खेल सुरु भएका छन् । उद्घाटन खेल नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच टीयू मैदानमा सुरु भएको छ ।

यस्तै कोशी र मधेश प्रदेशबीच मुलपानी मैदानमा खेल हुनेछ भने लुम्बिनी र गण्डकी प्रदेशबीच सिद्धार्थ मैदानमा तय भएको छ । सिद्धार्थ मैदानमा हुने खेल भने मौसमका कारण केही ढिला भएको छ ।

नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोली हाल यू-१९ विश्वकपका लागि दक्षिण अफ्रिकामा रहेकोले देव खनाल, गुल्शन झा, आकाश चन्द, दिपेश कँडेल जस्ता खेलाडी प्रधानमन्त्री कपमा देखिने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?