+
+

उद्योगी व्यवसायीलाई पनि राष्ट्रिय मर्यादाक्रममा राख्नुपर्‍यो : अध्यक्ष ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २८ गते १५:५९

२८ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गरेका छन् ।

शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उनले आफू निजी क्षेत्रका विभिन्न कार्यक्रममा जाँदा व्यवसायीहरुले मर्यादाक्रमको कुरा उठाएको बताए ।

‘निजी क्षेत्रको मर्यादाक्रमको विषयमा गम्भीर रुपले कुरा उठेको छ । सरकारको पैसा खर्च नभइकन, धेरै व्यवसायहरुलाई इन्करेज गरेर उनीहरुको व्यवसायिक एक्टिभिटी बढाउनलाई हौसला प्रदान गर्न सकिन्छ भने त्यस्तो किसिमको चाहे मर्यादाक्रमको कुरा होस्, सीआईपीको कुरा गरौं । सीआईपी पनि प्रत्येक पटक दुई दुई वर्षमा दिने सिस्टम छ तर त्यसको लागि एक वर्षसम्म लविङ नै गर्नुपर्छ’ उनले भने ।

उत्कृष्ट व्यवसायी सम्मान (सीआईपी) का क्रममा पनि आफूहरुले धेरै असहज र कठिन परिस्थितिको सामना गर्नुपरेको भन्दै अध्यक्ष ढकालले परिस्थिति सहज बनाइदिन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे ।

यो सीआईपी गरिदिनुहोस् भनेर हामीले पटक पटक भन्नुपरेको अवस्था छ । यस्ता समस्याहरु जहाँ नेपाल सरकारले खर्च नगरिकन निजी क्षेत्रलाई इन्करेज गर्ने हिसाबका कुरा, चाहे मर्यादाक्रमको कुरा होस्, चाहे सीआईपीको कुरा होस् । चाहे अरु हौसला होस् यस्तो किसिमको चिज अघि बढाउँदा राम्रो हुन्छ’, अध्यक्ष ढकालले भने ।

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सरकार उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न सरकार सकारात्मक रहेको बताए ।

‘समग्र मर्यादाक्रमकै बारेमा अहिले मन्त्रालय र सरकारको अरु निकायहरुको बीचमा छलफल भइरहेको छ । त्यो बारेमा हामी एउटा टुंगोमा कुन ढंगले हुन्छ, कस्तो प्रकारले हुन्छ टुंगोमा पुग्नेछौं । अहिले छलफलको क्रममा छ’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?