+
+

रास्वपा सांसद विराजभक्तले सार्वजनिक गरे एकवर्षे कार्यप्रगति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १७:४४

२९ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता एवं काठमाडौं–८ का सांसद विराजभक्त श्रेष्ठले सांसदको रुपमा एकवर्षे कार्यप्रगति प्रतिवेदन सार्वजनिक गरेका छन् ।

संसद र निर्वाचन क्षेत्रमा गरेका कामलाई प्रतिवेदनका रुपमा श्रेष्ठले सार्वजनिक गरेका छन् । एक वर्षको अवधिमा वातावरण र सम्पदा संरक्षणका मुद्धालाई प्राथमिकतामा राखेको श्रेष्ठले सार्वजनिक गरेको कार्यप्रगति प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं महानगरपालिका-१५ लिंकरोड, करिडोरमा हरियाली पार्क संरक्षणका लागि पर्खालको निर्माण कार्य भइरहेको श्रेष्ठले कार्यप्रगतिमा उल्लेख गरेका छन् ।

क्षेत्रमा यो एक वर्षको अवधिमा सम्पदा मार्ग प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको श्रेष्ठले प्रतिवेदनमा समावेश गरेका छन् । महानगरका वडा नम्बर १३ र १५ वडा जोड्ने सिमाना मार्ग नेपाली सेनासँग समन्वय गरी बाटो विस्तार भएको प्रतिवेदनमा जनाइएको छ ।

चागलमा वर्षौंदेखि डुबानको समस्या समाधान, छाउनीमा खानेपानी पाइप बिछ्याउने कार्यमा पहल, विष्णुमती करिडोरमा हरियाली पार्कमा चिल्ड्रेन पार्क योजना लगायतलाई कार्य प्रगति विवरणमा समावेश गरिएको छ ।

सांसदको एक वर्षे कार्यकालमा उठाएका मुद्धाहरु पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?