+
+

खेलकुद क्षेत्रकाे बेथितिकै कारण खेलाडी पलायन भए: मन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १९:५६

६ चैत, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रकाे बेथितिका कारण खेलाडी पलायन भएको बताएका छन् ।

मंगलबार खेलकुद पत्रकारहरूसँगको अन्तर्क्रियाका क्रममा उनले खेलाडीले खेलेर आत्मनिर्भर हुने वातावरण नेदेखेर विदेश गएको बताएका हुन् ।

‘खेलकुदमा रहेका बेथितिहरूका कारण नै खेलाडी पलायन भइरहेका छन् । सैद्धान्तिक कुराभन्दा पनि अपनत्व, आत्मसम्मान र आत्मनिर्भर भन्ने कुरा बन्न नसक्दा खेलाडी पलायन बढ्दै गएको हो’, उनले भने ।

खेलकुदमा आकर्षण बढे पनि त्यही अनुसार खेलाडीले बाँच्न सक्ने अवस्था नबनेको मन्त्री श्रेष्ठले बताए । ‘खेलकुदमा चार्म बढ्यो तर व्यवसायिकता कति बढ्यो त भन्ने कुरा हो । खेलाडीले खेलेर आत्मनिर्भर हुने वातावरण चाहिन्छ’, उनले भने ।

पछिल्लो समय खेलकुदमा निजी लगानी बढिरहेको भन्दै उनले यसले खेलकुद क्षेत्रको विकास हुँदै जाने बताए । ‘निजी लगानीमा भैरहवामा स्टेडियम बन्यो । सबै कुरा सरकारले गर्छ भनेर भर नपरौं । भलिबलमा निजी स्पोन्सर्सहरू आएका छन् । यसरी नै खेलकुद विकास हुने हो’, मन्त्री श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?