+
+

राष्ट्रिय एन्टी डोपिङ एजेन्सी गठन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १५:५१

६ वैशाख, काठमाडौं । लामो समयदेखि बन्न नसकेको राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा)को गठन भएको छ ।

एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा. अशिम भण्डारीलाई यसअघिको मन्त्रिपरिषद्ले नियुक्त गरिसकेको थियो । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले रिक्त सदस्य पदहरुमा नियुक्त गरेका हुन् ।

एजेन्सीमा नेपाल मेडिकल काउन्सिलको सिफारिसमा डा. विश्वराज दवाडी सदस्य छन् । कानुन क्षेत्रको विज्ञ सदस्यमा अधिवक्ता मिलन श्रेष्ठ र खेल क्षेत्रको सदस्यमा पूर्वराष्ट्रिय खेलाडी विपिनराज वैद्य नियुक्त भएका छन् । राखेपले एकजना एन्टी डोपिङसम्बन्धी जानकार डाक्टर अझै सिफारिस नगरेकाले उक्त स्थान अझै खाली नै छ ।

साउथ एसियन रजनिएल एन्टी डोपिङका बोर्ड सदस्य तथा नेपाल प्रतिनिधि डा ज्ञानेन्द्र शाहका अनुसार नेपाल सन् २०१० सालदेखि नै विश्व एन्टी डोपिङ एजेन्सीको (वाडा) पक्ष राष्ट्र भएको थियो ।

नेपालले बर्सेनि वाडालाई ५ हजार डलर शुल्क बुझाउँदै आएको भए पनि नेपालमा समिति गठन हुन सकेको थिएन ।

लामो समयदेखि स्वर्गीय डा सरोज कृष्ण श्रेष्ठ, पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानका डा नविशमान सिंह प्रधान, डा सुशन वैद्य, डा अजय राणाहरुको लामो प्रयासपछि नेपाल सरकारले नाडाको गठन गर्न नियमावली र कार्यविधि तयार पारेको थियो ।

नाडा समिति बन्नुलाई डा शाहले खेल क्षेत्रमा खेलकुदमन्त्रीले नयाँ आशा दिएको बताए । समिति गठनसँगै मन्त्री श्रेष्ठले समितिलाई नेपाली खेल क्षेत्रलाई स्वस्थ र स्वच्छ राख्न नाडाको महत्वपूर्ण भूमिका हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?