+
+

कैलालीको गोदावरीधाममा बाह्र राशी दर्शन मकर मेला सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १७:५५

२९ पुस, धनगढी । कैलालीको गोदावरी धाममा बाह्र राशी दर्शन मकर मेला सुरु भएको छ ।

मकर संक्रान्तिका अवसर पारेर सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल रहेको गोदावरी धाममा सुरु भएको मकर मेलाको प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् ।

मेला१२ दिनसम्म चल्नेछ । प्रत्येक वर्ष कुनै एक राशीमा कुम्भ मेलाको योग पर्ने भएकाले कुम्भ मेलाको प्रतिकका रुपमा बाह्र राशी दर्शन मकर मेला आयोजना गरिको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताए ।

उनकाअनुसार धाममा बाह्र राशीको स्थापना गरि प्रत्येक राशीका व्यक्तिहरुलाई दर्शन तथा धाममा स्थापना गरिएको कुम्भ बाटिकामा बाह्र राशी र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी भक्तजनलाई दर्शन एवं पूजाको व्यवस्था गरिएको छ ।

मकर मेलामा सुदूरपश्चिमसहित सिमावर्ती भारतका विभिन्न ठाउँबाट भक्तजन आउने गर्छन् । गोदावरी धाम विकास समितिकाअनुसार आइतबार बिहानैदेखि भक्तजनहरु धाम पुग्ने क्रम चलिरहेको छ ।

गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशी दर्शन मकर मेला गर्ने लक्ष्य अनुसार महाकुम्भपछि मकर मेलाको आयोजना गरीएको आयोजकले जनाएको छ ।

मकर संक्रान्तिका अवसरमा माघ १ गते गोदावरी धाममा स्नान गर्ने भक्तजनहरुको समेत घुइँचो लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?