+
+

मधेशविरुद्ध आर्मीका कप्तान विनोद भण्डारीको अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते ११:४४

१ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय कि्रकेटमा आर्मीका कप्तान विनोद भण्डारीले मधेश प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीका लागि उनले मधेशविरुद्ध ६० बलमा ३ चौका र २ छक्का प्रहार गर्दैर् अर्धशतक प्रहार गरेका हुन् ।

घरेलु प्रतियोगितामा निकै सफल ब्याटर विनोद भण्डारीले कुशल मल्लसँग पाँचौं विकेटका लागि ८४ रनको साझेदारी गर्दै खेलिरहेका छन् ।
हाल आर्मी ३५ ओभर सकिँदा ४ विकेटको क्षतिमा १८६ रन बनाउँदै खेलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?