+
+

सूर्यलाई मोटरसाइकल, अनिल र आशुतोषलाई पनि अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २० गते १६:५१

२० माघ, काठमाडौं । बागमती प्रदेशका बायाँ हाते स्पिनर सूर्य तामाङ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता २०२४ का सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । सूर्यले सर्वोत्कृष्ट खेलाडी वापत होन्डा साइनको १२५ सीसी मोटरसाइकल पाउनेछन् । सुर्य उत्कृष्ट बलर पनि चुनिए ।

सूर्य तामाङले ९ खेलमा ८०.३ ओभर बलिङ गर्दै २४६ रन खर्चेर कुल ३० विकेट लिएका थिए । यस प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी थिए ।

उनीपछि शेर मल्ल २४ र ललितनारायण राजवंशीले २३ विकेट लिएका थिए । सूर्यले लुम्बिनी प्रदेश र मधेशसँग ६-६ तथा आर्मीसँग ५ विकेट लिएका थिए ।
उनले उत्कृष्ट बलर बापत २५ हजार रुपैयाँ पाउने छन् ।

मधेश प्रदेशका ओपनर तथा विकेटकिपर अनिल शाह उत्कृष्ट ब्याटर चुनिए । उनले ९ खेलमा १ मा शतक र २ मा अर्धशतकसहित कुल ३८६ रन बनाएका थिए ।

उनी प्रतियोगितामै सर्वाधिक रन बनाउने ब्याटर हुन् । अनिलले गण्डकीसँग १२७, सुदूरपश्चिमसँग ६९ र कोशीसँग ८८ रन बनाएका थिए । अनिलले २५ हजार प्राप्त गरे ।

यस्तै बागमती प्रदेशका ओपनर आशुतोष घिरैया उदीयमान खेलाडी चुनिएका छन् । उनले ९ खेलमा १ शतक र २ मा अर्धशतकसहित कुल ३८२ रन बनाएका थिए । उनी सर्वाधिक रन बनाउने सूचिमा दोस्रो स्थानमा थिए । आशुतोषले कोशी प्रदेशविरुद्ध ११८, सुदूरपश्चिमसँग ५४ र नेपाल पुलिस क्लबसँग ९२ रन बनाएका थिए । आशुतोषले क्रिकेट सामाग्री प्राप्त गर्ने छन् ।

पुलिसले शनिबार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको थियो । विजेता पुलिसले १० लाख र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?