+
+

विनोदको शतकमा आर्मीले मधेशलाई दियो ३२१ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते १३:२०
शतक बनाएका विनोद भण्डारी ।

१ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिुभवन आर्मी क्लबले मधेश प्रदेशलाई ३२१ रनको बलियो लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आर्मीले विनोद भण्डारीको शतकको मद्दतमा निर्धारित ५० ओभरमा अलआउट हुँदै ३२० रन बनाएको हो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ९३ बलमा ९ चौका र ६ छक्काको मद्दतमा ११३ रन बनाए ।

ओपनर इमरान शेख २६ र अर्का ओपनर सन्तोपा कार्कीले ४२ रन बनाए । भीम सार्की १८ रनमा रञ्जित कुमारको हातबाट एलबीडब्ल्यु आउट भए । कुशल मल्ल ३७, वसिर अहमद १६ रनमा क्याच आउट हुँदा सोमपाल कामी ६ रनमा बोल्ड भए ।

अन्तिम बलमा साहब आलम ७ रनमा रन आउट हुँदा जितेन्द्र मुखिया २ रनमा अविजित रहे ।

मधेशका लागि रञ्जित कुमारले सर्वाधिक ५ विकेट लिए । विशाल पटेलले २ विकेट लिँदा रुपेश सिंह र राजेश यादवले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?